सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण
नेकपा एमाले कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । केन्द्रको निर्णय उल्लंघन गरेको र पार्टी फुटाउन अग्रसर भएको भन्दै बिहिबार २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । उनीहरु तीनैजना माधव समूहका हुन् ।
बुधबार बसेको संसदीय दलको बैठकले बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णलाई चुनौती दिँदै सरकारमा नै बस्ने निर्णय गरेको थियो । बुधबार नै पार्टीको निर्देशन उल्लंघन गर्नेलाई कारवाही गर्ने एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले चेतावाना दिएका थिए ।
१३ जेठ २०७८, बिहीवार १७:०० बजे प्रकाशित













