punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल–खनालसहित ११ जना पार्टीको साधारण सदस्यसमेतबाट निष्कासित, थप १२ जनालाई स्पष्टीकरण सोधियो

Chaupati
safha napa

एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई एमालेको साधारण सदस्यसमेतबाट निष्कासन गरिएको छ। सोमबार बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि स्पष्टीकरण सोधिएका ११ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकले खनाल, नेपाललागयत, भीम रावल, रामकुमारी झाक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कासमेतलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

शनिबार यी नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो। तर, उनीहरुले स्पष्टीकरण भने दिएका थिएनन्।

यी नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर तथा समर्थन गरेका थिए। यस्तै बैठकले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।


१० जेठ २०७८, सोमवार १९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु