एकैदिन ७ हजार भन्दा धेरै कोरोनामुक्त, १८५ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर सात हजार भन्दा धेरै व्यक्ति कोरोनामुक्त भएका छन् ।
देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
१९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै यो अवधिमा देशभर कोरोना सङ्क्रमणका कारण एक सय ८५ जनाको ज्यान गएको छ ।
१० जेठ २०७८, सोमवार १७:१५ बजे प्रकाशित






























