आत्मसमर्पणले कम्युनिस्ट आन्दोलन विसर्जन गर्छ, सचेत बनौँ: रामकुमारी झाँक्री
नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र विना लिखित सहमति अलमलमा पर्न नहुने बताएकी छन् । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न यो सबै भइरहेको भन्दै जनता, लोकतन्त्र र संविधानको रक्षाको विद्रोह एक मात्रै विकल्प भएको बताएकी छन् ।
ट्वीटरमार्फत प्रतिक्रया दिँदै उनले भनेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नुहुन्न।आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ। जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौँ।’
३० वैशाख २०७८, बिहीवार १८:१४ बजे प्रकाशित































