कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु, ८९६० संक्रमित थपिए
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ भने मृतकको कुल संख्या ४४६६ जना रहेको छ ।
३० वैशाख २०७८, बिहीवार १८:०७ बजे प्रकाशित































