punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा निषेधाज्ञाको समय लम्बियो, थप कडाई गरिने

Chaupati
safha napa

डोटीमा जारी निषेधाज्ञा जेठ १५ गतेसम्मका लागि लम्ब्याइएको छ । यही वैशाख २१ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको समय लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द रहनेछन्।

अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ।

बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

जिल्लामा अब खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु विहान ६ बजेदेखि बिहान ९ बजेसम्म र साँझ ५ बजे देखि ७ बजे सम्म मात्रै खोल्न पाइने छ।

विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन्।

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारवाही हुने चेतावनी दिइएको छ।


३० वैशाख २०७८, बिहीवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु