punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीलाई असंवैधानिक काम गर्नबाट रोक्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छ : नेता रावल

Chaupati
safha napa

नेकपा एमालेका नेता भीम रावलले केपी ओलीलाई अलोकतान्त्रिक र असंबैधानिक काम गर्नबाट रोक्न ओलीलाई पदमुक्त गर्नु आवश्यक भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत रावलले राजीनामा दिनुपर्ने मत सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन गएको बेलादेखि माधव पक्षमा सामूहिक राजीनामा चर्चा चलिरहेको छ। तर, नेपाल पक्षभित्र सामूहिक राजीनामा दिने कुरामा एकमत बन्न सकिरहेको छैन।

असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेकाे उनले लेखेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’


२९ वैशाख २०७८, बुधवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु