भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको नयाँ रेकर्ड

एजेन्सी
भारतमा कोरोना संक्रमण शुक्रबार एकैदिन ४ हजार १९१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

उक्त संख्या विश्वभरमा कोरोना संक्रमणबाट एकैदिन मर्नेहरुको सबैभन्दा बढी संख्या हो । शुक्रबार भारतमा कुल ४ लाख १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, भारतमा २५ दिनको अन्तरालमा दैनिक १ हजारबाट ४ हजार जनासम्मको ज्यान गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १९ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै भारतमा १ करोड ७९ लाखभन्दा बढीले कोरोना भाइरसतलाई जितेका छन् ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड १८ लाख पुगेको छ । तीमध्ये २ लाख ३८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अहिले भारतमा ३७ लाख २१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।


२५ वैशाख २०७८, शनिवार ०९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु