गौरीफन्टा नाकाबाट आएका ४६ जनालाई कोरोना संक्रमण
भारतबाट फर्किएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नाकामा खटिएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार कैलाली जिल्लासँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट आएका ३ सय ७२ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तैगरी,उनले सो नाकामा बुधबार भारतबाट ६ सय ५६ जना भित्रिएको बताए । शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जना महिला र ४१ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
१५ वैशाख २०७८, बुधवार २०:५९ बजे प्रकाशित













