सुदूरपश्चिमा एकैदिन साढे ४ सय बढी संक्रमित थपिए, सक्रिय संक्रमित संख्या ९ सय नाघ्यो
सुदूरपश्चिममा मंगलबार एकैदिन साढे चार सय बढी कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट २ सय ८३ जना र एन्टिजेन परीक्षणबाट १ सय ७१ जना गरी ४ सय ५४ जना कोरोना संक्रमित थपिएका हुन् ।
मंगलबार प्रदेशका विभिन्न प्रयोगशालामा ५ सय ८३ जनाको परीक्षण गर्दा २ सय ८३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यससंगै पीसीआर परीक्षणबाट हालसम्म संक्रमितको संख्या १५ हजार १ सय ८६ पुगेको छ ।
यस्तै, एन्टिजेन परीक्षणबाट थपिएका १ सय ७१ मध्ये १ सय ८ जना संक्रमित सीमा नाकामा भेटिएका छन् । जसमध्ये गौरीफन्टा नाकामा ७० जना, गड्डाचौकी नाकामा ३५ जना र बैतडीको झुलाघाट नाकामा तीन जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
मंगलबार विभिन्न नाकामध्ये १ हजार ४ सय ४८ जना नेपाल भित्रिएका छन् । जसमध्ये ७ सय ८८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ ।
कोरोना संक्रमणबाट सुदूरपश्चिममा पाँच जनाको मृत्यु भएको छ । यससंगै यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।
१४ वैशाख २०७८, मंगलवार २०:०४ बजे प्रकाशित













