कञ्चनपुरमा १९ वर्षीया किशोरीको मृत्यु
कञ्चनपुरमा १९ बर्सिया किशोरीको मृत्यु भएको छ ।सोमबार राति जिल्लाको कृष्णपुर नगरपालिका ९ राजघाटकि १९ बर्सिया मञ्जरी बोहराको मृत्यु भएको हो ।
घरमै झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई उपचारको लागि धनगढी ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
माइती पक्षले भने घटना शङ्कास्पद रहेको बताएका छन् । मृतकका जेठो बुवा मोहन सिंह महराले घटना स्थल हेर्दा घटना शङ्कास्पद रहेको बताए ।
३१ चैत २०७७, मंगलवार ११:०६ बजे प्रकाशित












