Alok

आजदेखि ४० देखि ५९ वर्षका व्यक्तिलाई कोरोना खोप लगाइँदै

आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउँदै छ।

यो उमेर समूहका जनतालाई  चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यकर्मी, फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ।


३१ चैत २०७७, मंगलवार १०:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु