पत्रकार महासङ्घ बाजुरामा बिकलाई हराउँदै मल्ल निर्वाचित

नेपाल पत्रकार महासङ्घ बाजुराको अध्यक्षमा छक्क बहादुर मल्ल निर्वाचित भएका छन् ।
अध्यक्षमा प्रेम बहादुर बिकलाई हराउँदै मल्ल विजयी भएका हुन् । बिकले ४४ मत पाएका थिए भने मल्लले ५३ मत पाएका थिए ।
उपाध्यक्षमा कालिका उपाध्यायलाई हराउँदै सङ्गीता तिमेल्सेना निर्वाचित भइन् ।

सचिवमा अनिल शाही, सहसचिवमा गङ्गाराम पण्डित र कोषाध्यक्षमा नहकुल जोशी निर्वाचित भए । खुल्ला महिला सदस्यमा भुवनेश्वर शाही र दलित सदस्यमा सरिता नेपाली निर्वाचित भए । ईश्वर नाथ,देवराज पाध्याय,प्रमित बिक,प्रशान्त राज जोशी,मानबहादुर ऐडि र रामबहादुर विक सदस्यमा निर्वाचित भएका छन् ।


२६ चैत २०७७, बिहीवार १४:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु