देशभर १ सय ७९ जनामा कोरोना संक्रमण पुुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । मन्त्रालयका अनुसार देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेका छ ।
पछिल्लो २४ घन्टामा १ सय ११ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएको थियो ।
अहिलेसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको छ । कोरोना भाईरसबाट मृत्युको संख्या भने अहिलेसम्म २ हजार ३१ पुगेको छ ।
२० चैत २०७७, शुक्रवार १७:२० बजे प्रकाशित













