सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिममा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज (शुक्रवार) धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार प्रयोगशालामा ४४ जनाको नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण भेटिएको छ ।
कुल कोरोना भाइरस संक्रमित मध्ये २ जनालाई आइसियू र २ जनालाई आइशोलेसनमा राखेर उपचार भइरहेको श्रेष्ठले जानकारी ।
२० चैत २०७७, शुक्रवार १६:१७ बजे प्रकाशित













