क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहको निर्देशन
कोरोना भाइरस (कोभिड १९) संक्रमण थप फैलिन सक्ने भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र गरेको छ ।
‘कोरोनाको जोखिम बढ्ने संकेत गरिएको भएर गृहले प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो,’ मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले भने, ‘स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्ने अनुमान गरेको भएर हामीले सतर्क हुन निर्देशन दिएका हौँ ।’
गृहले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भेला, सम्मेलन तथा भीडभाड हुन नदिनु, स्वास्थ्यको मापदण्ड पालना गर्न लगाउनु भनेर परिपत्र गरेको उनको भनाइ छ ।
११ चैत २०७७, बुधवार १७:१३ बजे प्रकाशित












