सुनको मूल्य निरन्तर घट्दै, आज पनि घट्यो
नेपाली बजारमा सुनको निरन्तर घट्दै गैरहेको छ । सुन आज पनि तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ८८ हजार तीन सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
१६ फागुन २०७७, आइतवार ११:२७ बजे प्रकाशित































