Hotel Flora Long Ad

यस वर्षको शैक्षिक शत्र जेठमा सकिने

यस बर्षको शैक्षिक शत्र जेठमा सकिने भएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना भाइरस (कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र प्रभावित भएपछि संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक शत्र जेठमा सक्ने हो ।

संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक शत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक शत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने वाक्यांश उल्लेख छ ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक शत्र सकिन्छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ । असार १ गतेदेखि नयाँ शैक्षिक शत्र सुरु गर्ने निर्णय भएको प्रवक्ता दीपक शर्माले बताए ।


६ फागुन २०७७, बिहीवार १२:३२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु