punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भागरथी हत्याकाण्डः अपराधी भूगोलबारेमा जानकार

Chaupati
safha napa

दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथ भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन ।

प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न नसकेको हो ।

माघ २१ गते हराएकी भागरथीको शव भोलिपल्ट साँझ ५ बजे फेला परेको थियो । माघ २३ गते तालिम प्राप्त कुकुरले शव भएको स्थानभन्दा करिब २५ मिटर पूर्व भागरथीको मोबाइल, ब्याट्री र कभर अलगअलग गरेर फालेको अवस्थामा भेटेको थियो ।

कुकुर अझै सय मिटरअघि कच्ची बाटोसम्मै पुगेको थियो । ‘भागरथीलाई घिसार्दै घटनास्थलमा ल्याएको ठाउँबाटै कच्ची बाटो नगएर अपराधी सामुदायिक वनको झाडी भएर कच्ची बाटो पुग्नुले उसमा भूगोलको राम्रो जानकारी देखिन्छ,’ स्थानीइ बलदेव भट्टको भनाइ छ । हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन जटिल भएको छ । नागरिक दैनिकमा खबर छ ।

 


३ फागुन २०७७, सोमवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु