घराना चुलोमा आज भ्यालेन्टाईन विशेष कार्यक्रम हुदैँ
धनगढी स्थित घराना चुलोमा आज ( साँझ )भ्यालेन्टाईन विशेष कार्यक्रम हुने भएको छ । अभि मिडिया ईभेन्टस एण्ड स्पोर्टसको आयोजनामा भ्यालेन्टाईन विशेष कार्यक्रम आयोजना हुन लागेको हो ।
आज साँझ ६ बजेदेखि हुने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समावेश गरिएका छन् । कार्यक्रम आयोजक दिनेश भण्डारी अनुसार कार्यक्रममा धनगढीका कलाकार तथा गायकहरुको प्रस्तुती रहने कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।
टुबोर्ग टाईटल स्पोसर रहेको भ्यालेन्टाईन विशेष कार्यक्रमको मेन स्पोन्सरमा ब्यारोन, को स्पोन्सरमा सिग्नेचर र एन्टीक्युटी, स्पोन्सरमा खुकुरी रम र सर्पोट वाईमा जिएआरएस टे«डिङ रहेको छ । घराना चुलोमा भ्यालेन्टाईन डे कै अवसरमा नयाँ नयाँ परिकारहरुको स्वाद विशेष छुटमा पनि पाउने व्यवस्था गरिएको उनले बताए ।
२ फागुन २०७७, आइतवार १४:४३ बजे प्रकाशित













