कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु
कञ्चनपुरमा मोटरसाइकललेठक्कर दिदाँँ एकजनाको मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका – ११ अमरवस्तीमा मोटरसाइकलले ठक्कर दिदा धनगढी उपमहानगरपालिका – १९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको हो ।
भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी गराए ।
मृतक भण्डारीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको उनले बताउदै कुरेसीलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
१ फागुन २०७७, शनिवार ११:२१ बजे प्रकाशित












