बाइडेनलाई मार्ने धम्की दिने युवक पक्राउ

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा फोन गरेर धम्की दिने नर्थ क्यारोलाइनाका २७ वर्षीय डेभिड के रिभेसलाई प्रहरीले अघिल्लो साता संघीय अभियोगमा पक्राउ गरेको हो।

डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर म बाइडेनको घाँटी काट्छुु भन्दै धम्की दिएका थिए ।

अभियोजनकर्ताहरूका अनुसार उनले क्यापिटल प्रहरी र सेक्रेट सर्भिस एजेन्टलाई पनि धम्की दिने गरेका थिए।

अमेरिकी राष्ट्रपतिलाई धम्की दिनेलाई पाँच वर्ष जेल र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। एजेन्सी


३० माघ २०७७, शुक्रवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु