punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दलित पत्रकार संघको राष्ट्रिय सम्मेलनका लागि ९ वटा उपसमिति गठन

Chaupati
safha napa

फागुन २१ र २२ गते बुटवलमा हुने राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनका लागि उपसमितिहरु गठन गरिएको छ । सम्मेलनलाई सफल पार्न शुक्रबार बुटवलमा संघ बसेको समितिको बैठकले विभिन्न ९ वटा उपसमितिहरु गठन गरेको हो ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारको संयोजकत्वमा आर्थिक उपसमिति, संघका लुम्बिनी प्रदेश सचिव सञ्जय सौगातको संयोजकत्वमा साँस्कृतिक, प्रदेश सदस्य फूलू सुनारको संयोजकत्वमा अतिथि सत्कार, प्रदेश सदस्य विवेक विश्वकर्माको संयोजकत्वमा स्वास्थ्य तथा सुरक्षा, संघका रुपन्देही अध्यक्ष टंक सुनारको संयोजकत्वमा प्रकाशन तथा प्रचार–प्रसार, संघ रुपन्देहीका कोषाध्यक्ष कृष्ण रणपालको संयोजकत्वमा आवास तथा खाद्यान्न, संघ रुपन्देहीका सहसचिव गोविन्द रसाईलीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैगरि संघले रुपन्देही सचिव सुरेश परियारको संयोजकत्वमा यातायात व्यवस्थापन र सुरेन्द्र परियारको संयोजकत्वमा ¥याली तथा स्वयमसेवक उपसमिति गठन गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एंव सम्मेलन व्यवस्थापन समितिका सहसंयोजक विनोद परियारको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सफल र व्यवस्थित बनाउनका लागि स्थानीय स्तरमा उपसमिति गठनका लागि प्रस्ताव गरेको थियो ।

बैठकमा अध्यक्ष पहाडीले सम्मेलन दलित आन्दोलन र सञ्चारकर्मीको ऐतिहासिक मेलाका रुपमा आयोजना गरिएकाले सहयोगका लागि आग्रह गरे ।


२३ माघ २०७७, शुक्रवार २०:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु