punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

Chaupati
safha napa

काठमाडौं, माघ ९
नेत्रविक्रम चन्द (विप्लव)समूहका मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् ।

बूढीगंगा–४ मा बुधबार उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेकोपसूचना प्राप्त भएपछि खटिएको टोलीले नियन्त्रणमा लिएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई बिहीबार सार्वजनिक गरेको हो ।

संखुवासभाको मादी–४ ओखरबोटेका विक मिक्लाजुङ–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नमध्येका रहेको खुलेको मोरङका डीएसपी मानबहादुर राईले बताए ।

विकका साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, ३ वटा गोली भएको म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ ।

उनका साथमा भेटिएका ४ वटा मोबाइल, ५ सिमकार्ड र प्रयोग गरेको को२४प ४००५ नम्बरको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


९ माघ २०७७, शुक्रवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु