संसद विघटनको विरोधमा कांग्रेसले आज गोदावरीका सबै वटा वडाहरुमा विरोध प्रदर्शन गर्दै

नेपाली कांग्रेसले गोदावरी नगरपालिकाका सबै वडा समितिहरुले आज विरोध पर्दशन गर्ने भएको छ । कांग्रेसले संसद विघटनको विरोधमा आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत आज गोदावरीका १२ वटै वडामा विरोध प्रदर्शन गर्न लागिएको
हो ।
विरोध प्रदर्शनका लागि नेपाली कांग्रेस गोदावरी नगर समितिले यसअघि नै प्रत्येक वडामा प्रतिनिधि परिचालन गरिसकेको छ । कांग्रेस गोदावरी नगर समिति सचिव तेज खड्काले दिउँसो १२ बजे एकसाथ सबै वडाहरुमा विरोध प्रदर्शनका कार्यक्रम हुने जानकारी दिए।
८ माघ २०७७, बिहीवार ११:५२ बजे प्रकाशित