punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यस्तो छ आगामी तीन दिनको मौसम, कस्तो छ आज ?

Chaupati
safha napa

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत पहाडि भुभागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

आइतबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।


२५ पुस २०७७, शनिवार १०:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु