ट्रयाक्टरबाट खसेर कञ्चनपुरमा एक युवकको मृत्यु
ट्रयाक्टरबाट खसेर कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ ।
आइतबार जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुरमा सोही नगरपालिकाको वडा नम्बर १० का २५ वर्षीय बहादुर रानाको ट्रयाक्टरबाट खसेर मृत्यु भएको हो ।
बेलौरी–कलुवापुर सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सु प प्र ०१–००२ त ४१७३ नम्बरको ट्रयाक्टरबाट खसेका रानाको धनगढीको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी गराए ।
मृतक रानाकोे शव पोष्टमाटमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको उनले जानकारी गराए । चालक बेलौरी नगरपालिका –१० भूडाकै २३ वर्षीय महेश रानालाई नियन्त्रणमा लिइएको प्रवक्ता थापाले जानकारी गराए ।
१३ पुस २०७७, सोमवार ११:१२ बजे प्रकाशित













