punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका बालबालिकाहरु लागुऔषध सेवन गर्दै

Chaupati
safha napa

कैलालीका विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थीहरु नै लागुऔषध परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता लागुऔषधमा फस्ने सेवन गर्ने बढेको हुन ।

कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको उनका परिवारीक स्रोतले बताउन्छन् । “हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ रदश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छने गरेको ”, शिक्षक चौधरी बताए ।, “विद्यालय बन्द भएको आठ महिना भयो । विद्यार्थी फुर्सदिला भएका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँको तथ्याङ्कमा गत २०७६ सालमा १९ वर्षमुनिका लागुऔषध सेवनकर्ता २१ प्रतिशत छन् । विसं २०७६ मा सबै उमेरका नेपालभर १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन् । पुरुषको सङ्ख्या १ लाख २२ हजार छ । भने करिव ९ हजार महिला रहेको तथ्याङ्कमा उल्लेख रहेका छन् ।

लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जानकारी दिए । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको प्रहरीले बताए । साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध सेवनकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँका प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए । ‘‘बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै रहेको उनले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा वि.सं २०७४÷७५ मा विद्यालय छोड्ने विद्यार्थी ४ प्रतिशत छन् । लागुऔषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग छैन । बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन कैलालीको टीकापुर नगरपालिकाले वडामा चेतनामूलक कार्यक्रम र विद्यार्थीलाई प्रशिक्षण दिइरहेको वडा नम्बर ७ का वडाध्यक्ष रामलाल डगौरा थारू बताए ।

“वडाध्यक्ष डगौरा थारूले प्रहरीसँगको साझेदारीमा विद्यालय र बस्तीस्तरमा लागुऔषधका असरबारे जानकारी दिने गरिरहेको बताए ।, “कुलत वनको असर समाजमा हुने आपराधिक गतिविधिसँग समेत जोडिने भएकाले यसलाई रोक्न जिम्मेवार भएर लागेका छौँ तर लकडाउनपछि गाउँमै गएर कार्यक्रम गर्न सकिएको उनले बताए ।”

टीकापुर बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका उपप्राध्यापक नाथुराम चौधरीले लागुऔषध प्रयोग घटाउन सीमा नाकामा जाँच बढाउने, लागुऔषधको प्रयोगबाट हुने हानी नोक्सानीबारे चेतना फैलाउने, कानूनको कडा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । “बालबालिकालाई माया देखाएर सही बाटोमा हिँडाउन अभिभावकले समय दिनुपर्छ”, उपप्राध्यापक चौधरी भन्े, “बालबालिकाले अभिभावकको साथ नपाएर पनि बिग्रिएका भेटिन्छन्, सन्तानलाई सही बाटो देखाउन चुक्न हुँदैन, एउटा बच्चा बिग्रिए समाज बिग्रन्छ ।”

कुलतले बालबालिकालाई शारीरिक, मानसिकरूपमा मात्र कमजोर नबनाएर पारिवारिक कलह पनि बढाउने गर्छ । गलत सङ्गत वा गलत बाटोमा लागेका बालबालिकालाई अर्थात् पुनःस्थापना केन्द्रमा राख्न सकिन्छ । कैलालीको टीकापुरमा मात्र चारवटा पुनःस्थापना केन्द्र छन् । यसले पनि समाजमा लागुऔषध प्रयोग बढ्दो छ भन्ने देखाउँछ । टीकापुरका पुनःस्थापना केन्द्रमा विद्यालयमा पढ्ने उमेरका विद्यार्थी पनि छन् ।

 


७ मंसिर २०७७, आइतवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु