कोरोना संक्रमणबाट दाजुभाईको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट दुई दाजुभाईको मृत्यु भएको छ । केराबारी गाउँपालिका –३ मा ६ दिनको अन्तरमा एकै घरका दाजुभाइको मृत्यु भएको हो।

५९ वर्षीय दाजुको आइतबार र उनको ५७ वर्षीय भार्र्इको कात्तिक १८ गते मृत्यु भएको हो। कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका ५९ वर्षीय पुरूषको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतकका भाईमा भने कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कात्तिक १८ गते मृत्यु भएको हो।


२४ कात्तिक २०७७, सोमवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु