धनगढी प्रयोगशालामा थप ४८ जनामा कोरोना पुष्टि
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी दिए । उनकाअनुसार कैलालीका मात्रै ४७ जना छन् । एक जना कञ्चनपुर छन् ।
कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण देखिएको छ । यस्तै धनगढी उपमहानगरपालिकाका थप १३ जनामा पनि संक्रमण पुष्टि भएको छ।
११ असोज २०७७, आइतवार १६:४६ बजे प्रकाशित













