punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप

Chaupati
safha napa

भारतीय र चिनियाँ सेनाबीच लद्दाख क्षेत्रमा झडप भएको छ। पूर्वी लद्दाखस्थित सीमावर्ती क्षेत्रमा दुई देशका सेना आमनेसामने भएका हुन्। शनिबार र आइतबार राति झडप भएको समाचारमा जनाइएको छ।

भारतीय सेनाले जनाएअनुसार‚ चिनियाँ पक्षले यथास्थितिमा फेरबदल गर्ने कोसिस गरेपछि भारतीय पक्षले हस्तक्षेप गरेको थियो। ‘पन्गोङ्ग त्सो ताल क्षेत्रमा चिनियाँ सैनिकले भारतीय पक्षलाई उक्साउने किसिमका गतिविधि गरे।

हामी जति सम्वादका माध्यमबाट शान्ति स्थापना गर्ने पक्षमा छौं‚ त्यति नै आफ्नो भूमिको अखण्डताका लागि प्रतिवद्ध पनि छौं। ब्रिगेड कमाण्डर स्तरमा बैठक जारी छ’‚ भारतीय सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ।

उता‚ चीनले भने आफ्ना सैनिकले एलएसी पार गरेको भन्ने समाचारको खण्डन गरेको छ। चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले विदेशमन्त्री वाङ् यीलाई उधृत गर्दै जनाएअनुसार चिनिया पक्ष वास्तविक सीमा नियन्त्रण रेखाको पालना गर्न प्रतिवद्ध छ र उसका तर्फबाट त्यस्तो कुनै गतिविधि भएको छैन।

चीनले पनि भारतीय पक्षसँग सम्वादमै रहेको जनाएको छ।भारत र चीनबीच ३५ सय किलोमिटर सीमा जोडिएको छ। लद्दाख सहितका क्षेत्रमा सीमा विवाद छ। यी दुई देशबीच सीमा विवादलाई लिएर सन् १९६२ मा लडाइँसमेत भएको थियो।

दुई महिनाअघि जून १५ मा लद्दाखकै गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता‚ दुई देशबीच उच्च स्तरमा छलफल जारी रहे पनि तनाव साम्य भएको छैन। एजेन्सी 

 


१५ भदौ २०७७, सोमवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु