punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमेली नेपाली समाज कतारद्वारा राहत कोषमा सहयोग

Chaupati
safha napa

सुदूरपश्चिमेली नेपाली समाज कतारले सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा एक लाख एक हजार पन्ध्र रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विश्वनै कोभिड-१९ रोगबाट त्रसित भएको अवस्थामा आफ्नो जीवनको यात्रालाई सहज बनाउन राहत कोषमा रकम जम्मा गरेको हो । बैदेशिक रोजगारीको सिलसिलामा कतारको विभिन्न सहरमा कार्यरत सुदूरपश्चिमेली नेपालीहरुले मातृभूमी प्रतिको दायित्वलाई निरन्तरता दिदै आपतकालीन राहत कोषको खातामा रकम जम्मा गराएको सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायर बताए ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा परोपकारी कार्यको लागि नेपाली समाजहरुको संयुक्त पहलमा सुदूरपश्चिमेली आपतकालीन राहतकोषको स्थापना गरिएको थियो ।

सुदूरपश्चिमेली नेपाली समाज कतारका अध्यक्ष प्रेम चलाउनेको समन्वयमा कतार समाजका कार्यकारी समिति तथा सुदूरपश्चिमेली नेपालीहरुको सहयोगमा रकम जम्मा गराएको सुदुरपश्चिमेली नेपाली समाज कतारका कोषाध्यक्ष अनुप जोराले बताए ।

बर्तमान परिस्थितीमा पनि आर्थिक सहयोग जम्मा गराएकोमा कतार समाज तथा सम्पुर्ण सहयोगी मनहरुलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार(प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले जानकारी दिए ।


१२ भदौ २०७७, शुक्रवार १९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु