punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाश खोलाको वितण्डा: ७ जनाको शव भेटियो

Chaupati
safha napa

अछाम, भदौ ३ । अछामको रामारोशन गाउपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ७ जनाको ला’स भेटिएको छ । हिजो राति परेको अबिरल बर्षाले गर्दा आएको बाढिले रामारोशन गाउपालिका वडा नम्बर ५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ७ जनाको ला’स कैलासको विभिन्न स्थानमा भटीएका जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र १ पुरुष गरी २ जनाको शव भेटीएको छ । यस्तै १ महिला र १ पुरुष गरी २ जनाको शव दर्नास्थीत कैलाश खोलाको कीनारमा भेटीएको छ भने अर्का एक व्यक्तीको शव मंगलसेन नगरपालीका १० जुपु स्थीत कैलासखोला किनारमा भेटीएको उहाँले जानकारी दिनुभयो ।

यस्तै २ जनाको शव मंगलसेन ३ स्थीत दयमा भेटिएको पनि प्रहरी नीरीक्षक अवस्थीले जानकारी दिनुभयो । रामारोशन जाने बाटो दर्ना स्थीत पक्की पुल समेत बगाएका कारण अहिले सम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन् भने घटना स्थलमा खटीएका प्रहरीसंग अहिले सम्म पनि सम्पर्क हुन नसकेको समेत अवस्थीले बताउनुभयो ।

जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर मात्रै घटनास्थल पुगीने भन्दै चाडै हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी चाडै उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भएको छ । हराईरहेकाहरुको उद्दारका लागी नेपाली सेनाको हेलीकेप्टर अछाम पुगीसकेको छ ।

 


३ भदौ २०७७, बुधवार ०८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु