थप एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २३ । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा एक पत्रकारलाई कोरानो संक्रमण पुष्टि भएको छ ।

एक साप्ताहिक पत्रिकाका सञ्चालनसमेत रहेका ती पत्रकार नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोख्रेलले जानकारी दिए ।

उनको साउन १९ गते नै स्वाब टेष्टका लागि लिइएको थियो । यसभन्दा अघि पनि थुप्रै पत्रकार कोरोना संक्रमित भएर निको भइसकेका छन् ।


२३ साउन २०७७, शुक्रवार ११:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु