कञ्चनपुरमा नहर किनारमा एकजना मृत फेला
कञ्चनपुर,जेठ २२ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बुधवार बेलुका एक जनाको शव भेटिएको छ। भीमदत्त नगरपालिका–१८ र १५ को सीमा (गोबरिया) नहर नजिकै शव भेटिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले बताए।
भीमदत्त नगरपालिका जानकीटोलका ४० वर्षीय शिवराज बिक गोबरियास्थित नहर छेउमा मृत अवस्थामा भेटिएका हुन्। ‘मृतक शिवराज बिक केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको खुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बुडथापाले बताए।
२२ जेठ २०७७, बिहीवार ०३:३२ बजे प्रकाशित












