वर्डभिजनद्धारा सुदूरपश्चिम सरकारलाई पिपिई सेट सहयोग

धनगढी, बैशाख १४ । वर्डभिजन संस्थाले सुदूरपश्चिम प्रदेश सरकारलाई ३२० सेट पिपिइ सहयाेग गरेको छ । आज आइतवार साे संस्थाका पदाधिकारीले मुख्यमन्त्री त्रिलाेचन भट्टलाई हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ विरुद्धको जैविक लडाइको फ्रन्टलाइनका सिपाहीका रुपमा रहेका स्वास्थ्यकर्मीलाई आबश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट (पीपीई)को अभाव हुन नदिन सहयोग गरेको संस्थाले जनाएको छ । सहयोग सामाग्री बुझ्दै मुख्यमन्त्री भट्टले संक्रमण नियन्त्रण सबैको सरोकार भएको भन्दै सामाजिक दायित्व सम्झेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

सहयोग भएका उक्त सामाग्रीहरु प्रदेश कोरोना भाईरस नियन्त्रण तथा उपचार कोष मार्फत आबश्यकतालाई मध्येनजर गरेर सुदूरपश्चिम भरका अस्पताल, स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई वितरण गरिने बताइएको छ ।


१४ वैशाख २०७७, आइतवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु