punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक महिनामा कैलालीमा १२ महिलाद्धारा आत्महत्या

Chaupati
safha napa

कैलाली, बैशाख १४। बन्दाबन्दीको एक महिनामा मात्रै कैलाली जिल्लामा १२ जना महिलाले आत्महत्या गरेका छन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेबाट सरकारले गरेको बन्दाबन्दीमा परिवारका सबै सदस्य घरमै भएका बेला पनि जिल्लामा १२ जना महिलाले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार यो अवधिमा ११ जना महिलाले झुण्डिएर र एक जनाले विष सेवन गरि आत्म हत्या गरेका छन् । जसमा चार महिलाको आत्महत्या दुरुत्साहन अन्तर्गत ज्यान गएको भन्दै माइती पक्षले मुद्दा दर्ता गरेका छन् ।

प्रहरीका अनुसार पुजा टमट्टा, फिरिया चौधरी, ज्ञानु थापा, विसरा चौधरी, लौनियादेवी चौधरी, किरन राना, बसरामीदेवी चौधरी, तुल्सी घर्ती क्षेत्री चौधरी, सुनिता चौधरी, टिका विक र गौरी साउदले झुन्डिएर र धनगढी उपमहानगरपालिका १३ कि जानकीदेवी धामीले विष सेवन गरि आत्म हत्या गरेका छन् ।

झुन्डिएर आत्महत्या गरिएका मध्ये तुल्सी घर्ती क्षेत्री चौधरी, सुनिता चौधरी, टिका विक र गौरी साउदका माइती पक्षले आत्महत्या दुरुत्साहन अन्तर्गत मुद्दा दर्ता गराएका छन् ।

अधिकारकर्मी तथा अधिवक्ता डा. जानकी तुलाधर बन्दाबन्दीमा परिवारका सबै सदस्य घरमै भएको अवस्थामा समेत महिलाहरूले यसरी ज्यान गुमाउनुलाई राज्यले गम्भीर ढङ्गले लिनुपर्ने र महिला हिंसाविरूद्व विशेष पहल चाल्नुपर्ने बताउँछिन् ।

बन्दाबन्दीको बेला महिलाहरू थप हिंसामा परेको कुरालाई एउटै जिल्लामा एक महिनाको अवधिमा १२ जना महिलाले अकालमै ज्यान गुमाएको घटनाले पनि थप प्रमाणित गरेको डा. तुलाधरको भनाइ छ ।

मुलुकी अपराध संहिता २०७४ ले कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गरे वा गराए पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरीवाना गराउने कानूनी व्यवस्था गरेको छ ।


१४ वैशाख २०७७, आइतवार १३:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु