नेपालमा एक जनामा कोरोनाको पुष्टि ,संक्रमितको संख्या ४९ पुग्यो

विराटनगर,बैशाख १२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का एक संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।
१२ वैशाख २०७७, शुक्रवार १५:४१ बजे प्रकाशित