राहात नपाएको भन्दै स्थानियद्धारा वडा कार्यालय घेराउ

कञ्चनपुर,११ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर २ मा राहात नपाएको भन्दै स्थानियहरुले वडा कार्यालय घेराउ गरिएका छन ।

शुक्लाफाँटा नगरपालिका वार्ड २ मा हिजो भएको राहात बितरण गरिएको बिषयमा बिबाद हुदाँ वडा कार्यालयमा आएर महिलाहरुले घेराउ गरेर नारा बाजी गरेका हुन ।

गरि खाने मजदुरबर्ग र बिपन्न परिवार लाई राहात बितरण नगरेर आफन्तलाई बितरण गरेरको बिषयमा बिबाद भएको हो ।

राहात बितरण नपाएको भनेर वार्ड कार्यालयमा गएर कुरा गर्दा महिलाहरु माथी वार्ड अध्यक्ष शिवराज पनेरुले हातपात गरेरको स्थानिय बसन्ति अवस्थीले बताईन् । तर यता वडा अध्यक्ष पनेरुले भने कसैलाई हातपात नगरेको बताए ।


११ वैशाख २०७७, बिहीवार ०७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु