माटोको ढिस्कोमा पुरिएर बालक घाईते
बाजुरा, वैशाख १० । माटोको ढिस्कोमा पुरिएको बडिमालिका ३ रजालीमा तीन जना बाल घाईते भएका छन् । घाईते हुनेमा बडिमालिका ३ रजाली बस्ने टेकबहादुर खड्काका ११ वर्षीय छोरा लोकेन्द्र खड्का रहेका छन् ।
साथीसँगै माटो लिन गएका खड्का माथिबाट आएको ढिस्कोमा पुरिएर घाइते भएका हुन् । उपचारका लागि जिल्ला अस्पताल ल्याईएका खड्काको अवस्था गम्भीर रहेको आफन्तले बताएका छन् ।
उनीसँगै गएका रविन्द्र खड्का र देवेन्द्र खड्का भने ढिस्कोबाहिरै भएकोले घाईते नभएको बुझीएको छ । सामान्य चोट लागेपनि घरमै प्राथमिक उपचार गरिएको छ । पानी परेका कारण पनि माटोको ढिस्लो खखेको हुनसक्ने अनुमान गरिएको छ ।
१० वैशाख २०७७, बुधवार ०६:४६ बजे प्रकाशित