उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

उदयपुर, बैशाख ९ । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।


९ वैशाख २०७७, मंगलवार १३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु