दक्षिण भारतमा बझाङका दश वर्षीय बालकमा कोरोना भाइरस संक्रमण
नयाँदिल्ली, बैशाख ९ । । दक्षिण भारतीय सहर बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सुदूरपश्चिम बझाङंको चैनपुरमा घर भई हाल भारतमा काम गर्दै आएका ति बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोरोना पुष्टि भएको थियो ।
ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेर परीक्षण गरिएको थियो । परीक्षणमा श्रीमानमा पनि संक्रमण देखिएको थियो ।
संक्रमण नदेखिए पनि छोराछोरीलाई क्वारेन्टाइनमा भने राखिएको थियो । करिब दश दिनपछि पुन परीक्षण गर्दा छोरामा संक्रमण देखिएको हो । आमाबुवा भने उपचारपछि निको भइसकेका छन् । बालकको हाल बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ।
बैंग्लोरको पछिल्लो घटनासँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने नेपालीहरुको संख्या १६ पुगेको छ । तीमध्ये ११ जना भारतमा काम गर्न बसेका नेपालीहरु हुन् ।
बाँकी पाँच जना इस्लामिक भेलाका लागि नेपालबाट आएकाहरु हुन् । संक्रमित नेपालीहरुमध्ये तीन जना पूर्ण रुपमा निको भइसकेका छन् ।
९ वैशाख २०७७, मंगलवार ०६:२४ बजे प्रकाशित