६० वर्षीय वृद्धमा तेस्रो पटक र्‍यापिड टेष्ट नेगेटिभ

बाजुरा,बैशाख ९। जिल्लाको त्रिवेणी नगरपालिकामा १ जनामा र्‍यापिड (आरडीटी) मा पोजिटीभ देखिएको व्यक्तिको तेस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोट आएको छ । सदरमुकाम मार्तडीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ  आएको हो।

र्‍यापिड टेष्टमा दुईजनामा पोजेटिभ रिपोर्ट देखिएपछि बाजुराबासी त्रसित बनेका थिए । पीसीआर परीक्षणका लागि ती व्यक्तिको स्वाब संकलन गरेर धनगढी पठाएको छ। मंगलबार साँझसम्म रिपोर्ट आउने जनाएको छ।

६० वर्षीय वृद्धमा तेस्रो पटक र्‍यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएपछि चेकजाँचमाथि नै प्रश्न उठेको छ । यसले र्‍यापिड टेष्ट वा स्वास्थ्यकर्मीमाथि गम्भीर प्रश्न खडा उत्पन्न गराएको छ । स्वाब संकलन गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबार आफूहरुलाई अलग्गै बस्ने व्यवस्था नभएको भन्दै सोमबार दिउँसोसम्म स्वाब संकलन गरेका थिएनन्।

जिल्लामा सर्वदलीय बैठकबाट आइसोलेनमा खटिएका चिकित्सक तथा स्वाथ्यकर्मीलाइ जिल्ला समन्वय समितिको कार्यालयमा बस्ने व्यवस्थापन गर्ने भएपछि स्वाब संकलनमा तयार भएका थिए।


९ वैशाख २०७७, मंगलवार ०६:१८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु