डोटीमा चट्याङ लागेर महिलाको ज्यान गयो

डोटी,बैशाख ९ । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर सोमबार एक महिलाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार चट्याङ लागेर ज्यान गुमाउनेमा २२ वर्षीया उजली बयाडी रहेकी छन् ।
आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा परेको चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।डोटीमा सोमबार रातिदेखि पानीसँगै हावाहुरी चलिरहेको छ ।


९ वैशाख २०७७, मंगलवार ०२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु