नयाँ डीआईजीहरुले पाए जिम्मेवारी, सातवटै प्रदेशले पाए प्रहरी नेतृत्व

काठमाडौँ ,बैशाख ८ सरकारले नायब महानिरिक्षक(डीआईजीमा बढुवा भएका सबै १० जना प्रहरी अधिकृतहरुलाई जिम्मेवारी दिएको छ। प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यान्ही चिन्ह लगाई दिएकै दिन गृह मन्त्रालयले उनिहरुको पदस्थापन गरेको हो।

प्रदेश-१ मा इश्वर बाबु कार्की, प्रदेश-२ मा धिरजप्रताप सिंह, प्रदेश-३ मा बसन्त लामा, प्रदेश-४ मा घनश्याम अर्याल, प्रदेश-५ मा रविन्द्र धानुक, प्रदेश-६ मा बसन्त पन्त र प्रदेश-७ मा उत्तमराज सुवेदीलाई जिम्मेवारी दिइएको छ।

अरुण बिसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मेवारी पाएका छन्। सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीको जिम्मेवारी पाएका छन्। यसअघि उनी महानगरीय प्रहरी अपराध महाशाखामा थिए।

प्रकाशजंग कार्कीलाई प्रहरी एकेडेमीमा जिम्मेवारी दिइएको छ। प्रदेश-२ मा रहेका प्रधुम्न कार्कीलाई विषेश ब्युरो सरुवा गरिएको छ। सीआईबीमा रहेका निरज शाहीलाई आईजी सचिवालयमा ल्याइएको छ।सरकारले डीआईजी दरबन्दी कटौतीको तयारी गरेपछि अधिकांश प्रदेश प्रहरी नेतृत्व विहिन थिए।


८ वैशाख २०७७, सोमवार १४:३१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु