महंगोमा ग्यास बिक्री गर्ने धनगढीको शुभ समैजी ग्यास सप्लायर्सलाई तीन लाख जरिवाना

कैलाली ७ बैशाख । लकडाउनको मौका छोपेर महंगोमा ग्यास बिक्री गर्दै आएको एक ग्यास सप्लायर्सलाई जरिवाना गरिएको छ । धनगढी उपमहानगरपालिका- ६ मटियारीस्थित कुमारी हेमन्ती पालको शुभ समैजी ग्यास सप्लायर्सलाई कालोबजारी गरेको आरोपमा तीन लाख रुपैयाँ जरिवाना तोकिएको हो ।

जिल्ला प्रशासन, प्रहरी कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी उपमहानगरपालिका र सामुदायिक प्रहरीको संयुक्त टोलीले आइतबार ग्यासको डिलरमा छापा मार्दा महंगोमा ग्यास बिक्री भइरहेको पाइएपछि जरिवाना गर्न लागिएको हो ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनले शुभ समैजी सप्लायर्सले गत चैत १ देखि आइतबारसम्म बिना रसिद महंगोमा ग्यास बिक्री गर्दै आएको जानकारी दिए।

पुनका अनुसार सप्लायर्सले ११४४ थान ग्यास सिलिण्डर बिना बिल बिजक उपभोक्तालाई बिक्री वितरण गर्दै आएको पाइएको हो ।


७ वैशाख २०७७, आइतवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु