मुस्लिम समुदायका ५ जनालाई सेती अस्पताल लगियो, कोरोना परीक्षण हुने

धनगढी,७ बैशाख , सप्तरीको कार्यक्रममा सहभागी धनगढीका पाँच जना जनालाई अस्पताल लगिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्राफिक चौराह र पशुपति टोलका पाँच जनालाई अस्पताल लगिएको हो।

मुस्लिम जमाती समूहका उनीहरु सप्तरीमा भएको धार्मिक सभामा सहभागी भएका थिए । प्रहरीले धनगढी उपमहानगरपालिका—१ पशुपति टोलबाट ३ जना, चटकपुर र चौराहाबाट एक रएक जनालाई उद्दार गरी उनीहरुको थ्रोट स्वावको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।


७ वैशाख २०७७, आइतवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु