punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा खाद्यान्न ढुवानी गर्ने ट्रकले मदिरा बोकेको भेटियो

Chaupati
safha napa

बैतडी । लकडाउनका बेला खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएको ट्रकले मदिरा ओसारपोसार गरेको पाइएको छ। शनिबार बैतडी प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको हो।

वैशाख ४ गते धनगढीबाट मेलौली खाद्यान्न ढुवानीका लागि पास लिएको से १ छ १५४९ नम्बरको ट्रकमा मदिरा बोकेको पाइएपछि शनिबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको उनको भनाइ छ। मेलौलीमा ट्रक चेकजाँच गर्दा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले ट्रकबाट मदिरा बरामद गरेको हो।

‘खाद्यान्न ढुवानीका लागि पास लिएको ट्रकले मदिरा ओसारपसार गरेको पाइएपछि हामीले ट्रक नियन्त्रणमा लिएको उनले बताए ।

ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक धनदेव जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए।


७ वैशाख २०७७, आइतवार ०२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु