कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने बेला एक जनाको ज्यान गयो

कञ्चनपुर,बैशाख २ । कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने बेला सोमवार राती एक जनाको मृत्यु भएको छ।जिल्लाको भीमदत्त नगरपालिकाको बनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर स्थानीय नरी चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलका अनुसार गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

अहिले मृतकको शव पोस्टमार्टमका लागी महाकाली अस्पतालमा राखिएको छ।


२ वैशाख २०७७, मंगलवार ०७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु