सनसिटी अपार्टमेन्टका तीन जनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,बैशाख २ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जना मध्ये दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पिसिआर प्रविधिबाट परीक्षण गर्दा ती जनामध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्रोतको भनाइ छ ।
र्यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको थियो र पिसिआर प्रविधिबाट परीक्षणका लागि नमूना पठाइएको थियो । एकै परिवारका तीनै जना चैत पहिलो साता लण्डनबाट नेपाल आएका थिए ।
उनीहरुमा कोरोना पोजेटिभ पुष्टि भएपछि अहिले सनसिटी अपार्टमेन्ट सिलबन्दी गरी त्यहाँ रहेका अरु मानिसहरुको पनि परीक्षणको तयारी गरिएको छ ।
२ वैशाख २०७७, मंगलवार ०७:०६ बजे प्रकाशित